अटो

भरतपुरमा हुण्डाई गाडीको ग्राहक भेटघाट कार्यक्रम

Banner

चितवन, फागुन १७-

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा आज हुण्डाई मिट एण्ड ग्रेट कार्यक्रम भएको छ ।

विश्व बजारमा हुण्डाई गाडीको पछिल्लो अवस्थाको जानकारी दिने र हुण्डाई गाडी प्रयोगकर्ता (ग्राहक)हरुको सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक रुपेश शर्मा भट्टले जानकारी दिए ।

कार्यक्रममा प्रवन्ध निर्देशक भट्टले नेपाली अटो बजारमा हुण्डाईको अवस्था, प्रभाव र पछिल्लो प्रविधिको बारेमा जानकारी गराएका थिए । सदा झैं यस वर्ष पनि चितवन र आसपासका ग्राहकलाई मध्यनजर गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुरमा ग्राहकसँग भेटघाट कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा ग्राहक तथा कम्पनीका सम्बन्धित कर्मचारीबीच आफ्नो सवारी साधनको बारेमा अन्र्तक्रिया कार्यक्रम भएको थियो । यसप्रकारको कार्यक्रमले ग्राहकसँग सल्लाह सुझाव आदानप्रदान गरी गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पु¥याउने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका क्षेत्रीय बिक्री अधिकृत दिपेश पौडेलले जानकारी दिए ।

कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ प्रमुख आशिष ओझाले कम्पनीले आफ्ना उत्पादन बिक्री गर्नुको अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्ने गरेको बताए । प्राकृतिक प्रकोपका कारण सवारी साधनमा भएको क्षतिबाट ग्राहकलाई पर्न गएको असुविधाप्रति राहतको कामसमेत गरेको उनको भनाइ थियो । गाडीका डिलर सेल्स प्रमुख सुशील क्षेत्रीले कम्पनीले गाडी बेच्ने मात्रै नभएर ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताए ।

हुन्डाइका गाडीहरु सधै नेपाली ग्राहकको रोजाईमा पर्ने गरेको बताउँदै हुण्डाई गाडीको चितवनको लागि आधिकारिक बिक्रेता पिनाकल ट्रेडिङ कन्सर्नका प्रवन्ध सञ्चालक ईश्वरकुमार श्रेष्ठले हुण्डाई गाडी प्रति आफ्ना ग्राहक सन्तुष्ट रहेको दाबी गरे । हुन्डाईले आफ्नो विश्वसनियता कायम गर्दै उच्च गुण्स्तरीय गाडीहरु उत्पादन गर्दै आएको प्रवन्ध सञ्चालक श्रेष्ठको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>