चितवन विशेष

चितवन मोडल अस्पतालद्वारा विभिन्न कार्यक्रमको घोषणा

Banner

 

चितवन, फागुन १५

भरतपुरमा रहेको चितवन मोडल अस्पतालले स्थापनाको १० औ वर्ष पार गरेको अवसरमा विभिन्न छुटसहितका कार्यक्रम घोषणा गरेको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलन गरी अस्पतालले हाल प्रदान गरिरहेको सेवा सुविधालाई विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा अगाडि बढाउने बताएको हो । यसैक्रममा अस्पतालले वार्षिकोत्सवको अवसर पारेर काठमाडौँका विशेषज्ञ डाक्टरको साथ स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने भएको अस्पतालका मेडिकल ड्राइरेक्टर फिजिसियन डा. जगन्नाथ तिवारीले जानकारी दिए ।
यहि फागुन १७ गते शनिबार काठमाडौँ वीर अस्पताल र नर्भिक अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख वरिष्ठ न्युरोलोजिष्ट डा राजिब झा आउने भएका छन् । त्यस्तै नर्भिक अस्पतालका वरिष्ठ स्त्री प्रसुति तथा प्रजनन् रोग विशेषज्ञ डा. कुमकुम झा पनि स्वास्थ्य परीक्षणमा आउने मेडिकल ड्राइरेक्टर तिवारीले जानकारी दिए । सो दिनको परीक्षणमा सेवाग्राहीको १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

निसन्तान भएका, स्त्री, प्रसुति प्रजनन् तथा विभिन्न न्यूरोसम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालका बोर्ड अफ ड्राइरेक्टर केशव देवकोटाले अस्पतालमा नियमितरुपमा ओपीडी, आईपीडी, २४ आंै घण्टा आईसीयू तथा इमर्जेन्सी सेवा प्रदान गरिरहेको बताए । यसका साथै देवकोटाले निकट भविष्यमै काठमाडौँका अन्य मुटु, कलेजो, बाथ रोगलगायतका सिनियर कन्सल्ट्ल्यान्ट डाक्टरहरुबाट चितवनमै गुणस्तरीय सुविधा दिने उद्देश्यका साथ अस्पताल अगाडि बढिरहेको बताए । अस्पतालका प्रबन्ध सञ्चालक शम्भु सुवेदीले अस्पतालाई छिट्टै न्यूरो हस्पिटलको रुपमा अगाडि बढाउने तयारी गरिरहेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>