चितवन विशेष

भरतपुर महोत्सवको तयारी सकियो, भोलि प्रचण्डले उद्घाटन गर्ने

Banner

चितवन, फागुन १५-

भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर महोत्सव–२०७६ को तयारी पूरा भएको छ ।

महोत्सवको भोलि पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ । विभिन्न कारणले पटक पटक सरेको महोत्सव भोलि उद्घाटन हुने उल्लेख गर्दै महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले महोत्सव २७ गतेसम्म सञ्चालन हुने जानकारी दिए । महोत्सवको स्टल निर्माण, स्वागतद्वार निर्माण, मञ्च व्यवस्थापनसहितका सम्पूर्ण काम सकिएको उल्लेख गर्दै पौडेलले महोत्सव सुरु हुनु अगाडि महोत्सव स्थल केन्द्रीय बस टर्मिनलबाट विभिन्न संघसंस्थाको झाँकीसहितको शोभायात्रा निकालिने बताए ।

महोत्सवको आकर्षणको रुपमा बीस हजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको सांस्कृतिक घरसहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको छ । सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिने मूल संयोजक पौडेलले बताए । महोत्सवमा अटो सम्बन्धी १०, फास्टफुडका १०, आइसक्रिम तथा पानीजन्य १५, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका गरी २५० बढी स्टल रहने पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले महोत्सवमा भोलिदेखि नै सांस्कृतिक कार्यक्रम हुने जानकारी दिए । गैरेकाअनुसार सांस्कृतिक कार्यक्रममा चर्चित ¥यापर भिटेन, बाल नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता हुनेछ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिएको गैरेले बताए । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केही रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>