स्वास्थ्य

कोरोना प्रकोप : जापानबाट ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार

Banner

काठमाडौं, फागुन १५-

कोरोनाभाइरस संक्रमणको आशंकामा जापानको योकोहामा राेकिएकाे एक पानीजहाजबाट आफ्ना नागरिक उद्धार गर्ने क्रममा भारत सरकारले एक नेपालीलाई पनि साथै भारत ल्याएको छ ।

कोरोनाको आशंकामा जापानको योकोहामा पोर्टमा डाइमण्ड प्रिन्सेस नामक पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले नयाँ दिल्ली ल्याएको हो ।

क्वारेन्टाइनमा राखिएको पानीजहाजमा रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इण्डियाको जहाजले ११९ जना भारतीय र ५ विदेशी नागरिकलाई समेत उद्धार गरि बिहीबार विहान विशेष उडानमार्फत दिल्ली ल्याएको हो । भारतीय विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका विदेशीमा श्रीलंका, नेपाल, साउथ अफ्रिका र पेरुका नागरिक छन् । उनीहरुको परिचय भने खुलाइएको छैन ।

भारतीय जहाजले टोकियोको हेनडा विमानस्थलबाट उनीहरुलाई दिल्ली ल्याएको हो । उनीहरुलाई हरियाणास्थित मनेसर आर्मी क्वारेन्टाइनमा राखिने भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>