चितवन विशेष

चितवनमा पोल्ट्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी हुने, २०० बढी स्टल राखिने

Banner

निशा श्रेष्ठ

चितवन, फागुन १२-

चितवनमा आगामी फागुन १६ देखि १८ गतेसम्म नेपालकै ठूलो ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय पर्दशनी २०२०’ हुने भएको छ ।

पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेश सोलुसन्स तथा फ्युचरेन्स ट्रेड एण्ड इभेन्ट प्रालिको सहकार्यमा नवनिर्मित चितवन एक्स्पो सेन्टर, उधोग पदर्शनी मार्ग भरतपुर चितवनमा पदर्शनी हुन लागेको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

नेपाली पोल्ट्री क्षेत्रको अत्याधुनिक परिवर्तन तथा व्यवसायिक विकास गर्न पोल्ट्री पदर्शनी गर्न लागिएको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । प्रदर्शनीमा २०० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुको नविनतम पर्दशनी रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए । पोल्ट्री महासंघको गोष्ठी, बैठक , अन्तक्र्रिया कार्यक्रम पनि रहनेछ । यसका साथै नेपाल भेटरिनरी संघको सहकार्यमा चार दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको पनि आयोजना गरिने अध्यक्ष विष्टले जानकारी दिए । पदर्शनीमा नेपाल, भारत, जर्मनी , बेल्जियम, नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर ,ताइवान इटाली इजरायलबंगालादेशलगायतका देशहरुका पोल्ट्री कम्पनीहरुको सहभागिता रहने उनले बताए ।

पदर्शनीले नेपाल पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण, आधुनिक यन्त्र, प्रविधि गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्सलगायतका पोल्ट्रीसम्बन्धी सम्रग वातावरणलाई सहज बनाउन सघाउ पु¥याउने आयोजकले दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>