कर्पोरेट

चितवनमा ज्योति लाइफ इन्सुरेन्सको प्रशिक्षण

Banner

चितवन, फागुन १०

ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले भरतपुरमा इन्सुरेन्सका स्थानीय प्रतिनिधिलाई पुर्नताजगी गराउने उद्देश्यले आज एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रममा चितवनका १५० बढी इन्सुरेन्स प्रतिनिधिहरु, शाखा, उपशाखा प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रममा इन्सुरेन्सका क्षेत्रीय प्रमुख चरनदास तिमिल्सिना र तीन जिल्लाको बिक्री प्रवन्धक ईश्वर विकल सापकोटाले सहजीकरण गरेका छन् । प्रमुख तिमिल्सिनाले ज्योति इन्सुरेन्स नयाँ कम्पनी भएकोले यसले जीवन बिमामा धेरै प्रकारका सुविधा र सेवाहरु ल्याएको विचार राखे । उनले भने, ‘ व्यक्ति तथा परिवार सबैको शिक्षा, स्वास्थ्य, भरनपोषणलगायत सबै क्षेत्रमा सहयोगी हुने गरी जीवन बिमाको कार्यक्रमहरु ल्याइएको छ । ’ बिमालाई मृत्युपछि पैसा दिने कम्पनी भनेर कतिपयले संकुचितरुपमा बुझिरहेको भन्दै प्रमुख तिमिल्सिनाले जीवन रहँदा पनि र जीवन पश्चात पनि विभिन्न आर्थिक सहयोग पाउने गरी ज्योति इन्सुरेन्सले बिमा नीतिहरु निर्माण गरेको विचार राखे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नवलपुर, चितवन र मकवानपुरका बिक्री प्रवन्धक सापकोटाले क्यान्सरलगायत ३५ वटा घातक रोगहरुको उपचार खर्च पनि ज्योति इन्सुरेन्सले व्होर्छ भन्ने विचार राखे । उनले भने, ‘ यसले जीवनलाई कसरी सुखी, खुसी र स्वस्थ राख्छ भनेर हरेक मानिसलाई जिउने कला पनि सिकाउँछ ।’ उनले विसं २०७४ सालमा स्थापना भएको यो कम्पनीको अहिले देशभर १२० वटा शाखा तथा उपशाखाहरु रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>