अन्तर्वार्ता

विश्वकै उत्कृष्ट ब्राण्ड र सेवाका लागि भरतपुरको सीजी ल्याण्डमार्कः प्रवन्धक केसी

Banner

ज्ज्वल केसी, चितवनको व्यवसायिक क्षेत्रमा चिरपरिचित नाम नै हो । उनी चितवन आएको धेरै समय भएको छैन तर पनि संस्थागतरुपमा र व्यक्तिगत रुपमा उनले बेग्लै पहिचान बनाइसकेका छन् । स्थानीयको रहनसहन पनि उनको लागि नयाँ नै विषय हो । गोदावरी नगरपालिका–८ ललितपुरमा सन् १९९० मा जन्मिएका उनले काठमाडौँको होली टेम्पल र कामधेनुलगायतका विभिन्न स्कुलबाट प्ररम्भिक शिक्षा पूरा गरे । काठमाडौँको थापाथली क्याम्पसबाट अटो मेकानिकल ओभरसियर र भारतको पञ्जाव टेक्निकल विश्वविद्यालयबाट इञ्जिनियरिङ म्यानेजमेन्ट तहको पढाइ पूरा गरे । उनी भारतको औषत विद्यार्थी मात्र थिएनन् अन्य विद्यार्थीको तुलनामा उनी सर्वाेत्कृष्ट नै भए । भारतको हिन्दूस्ताइन टाइम्सले उनको प्रोफाइल नै प्रकाशित ग¥यो । तिनै विद्यार्थी जो अहिले चितवनलाई नै कर्मक्षेत्र बनाएर सीजी ल्याण्डमार्कको व्यवस्थापनमा रातदिन खटिरहेका छन् ।

ठूलो व्यापारिक प्रतिष्ठानको व्यवस्थापन सम्हाल्नु उनको लागि नयाँ भने होइन । यसअघि पनि उनले काठमाडौँमा ठूला दुई मल तथा सिप्रद्धी अटो जस्ता कम्पनीमा सफलतापूर्वक काम गरिसकेका छन् । सधै नयाँ कुरा जान्न खोज्ने र प्रविधिमा अभ्यस्त बन्न खोज्ने बानी भएका उनी गीतसंगीत र खेलकुदमा पनि त्यत्तिकै रुचि राख्छन् । व्यवसायिक घराना चौधरी ग्रुपको नेपालकै पहिलो मल सिजी ल्याण्डमार्कका प्रवन्धक उज्ज्वल केसीसँग नारायणी अनलाइनका मधुसूदन दवाडीले व्यवसायिक वार्ता गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :

सीजी ल्याण्डमार्क चौधरी ग्रुपको कस्तो खालको मल हो ?

सीजी ल्याण्डमार्क शहरभित्रको पनि शहर हो । विश्वकै हाईक्लास ब्राण्डका उपभोग्य सामान यहाँ एउटै छानाभित्र पाउन सकिन्छ । मनोरञ्जन, खाना, खेल, सिनेमा हल लगायत सम्पूर्ण सेवाहरु एउटै मलभित्र उपलब्ध छन् । बाहिर बजारमा कतै पार्किङका समस्या हुन्छन् कतै घाम, धूलोधुवा र प्रदूषण हुन्छ । त्यसैले बाहिर बजारमा घामघाममा डुलिरहन नपर्ने गरी फरक फरक रोजाइ र छनोटका विषयवस्तु पाउने गरी सीजी ल्याण्डमार्क स्थापना गरिएको हो । यसबाट मानिसहरुको समयको पनि बचत हुन्छ । धेरै प्रकारका सामानहरु खोज्न सटर खोजिरहनु पर्देन ।

यस मल विस्तारै चितवनबासीको माझमा लोकप्रिय बन्दै छ । परिवारसँग केही रमाइलो पनि गर्ने र किनमेल पनि गर्न चाहने जोकोहीको लागि ल्याण्डमार्क निकै उपयुक्त ठाउँ हो । मलमा जाँदा परिवारका सबै सदस्यको फरक-फरक रुचिअनुसारका क्रियाकलापमा संलग्न हुने अवसर मिल्छ । बच्चाहरु कता राखौं, के खेलाउँ र कता भुलाऔं भन्ने टेन्सन कसैलाई भएन । अन्तर्राष्ट्रियरुपमा विकसित देशका शहरहरुमा भएका रेष्टुरा, किनमेल र रमाइलो सबैको साझा अनुभव सीजी ल्याण्डमार्कमा प्राप्त गर्न सकिन्छ ।

ल्याण्डमार्कमा तपाइँको भूमिका के हुन्छ ?

मैले विगत ६ महिनादेखि सीजी ल्याण्डमार्कको व्यवस्थापन तथा दैनिकरुपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने गर्छु । झण्डै ४० जना कर्मचारीसहित ल्याण्डमार्क सञ्चालनमा निरन्तर खटिरहेको छु ।

चितवनको आर्थिक विकासमा सीजी ल्याण्डमार्कको भूमिका कस्तो रहला ?

चितवनको आर्थिक विकासमा निकै नै ठूलो परिवर्तन आएको छ । यसले स्थानीयरुपमा पैसाको परिचालन गर्नुका साथै व्यवसायीको आर्थिक आम्दानीमा पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यहाँका व्यवसायीहरु झण्डै २५० जना प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा मलसँग जोडिएका छन् । धेरै जनाले मलभित्रका विभिन्न सेवाहरुमा रोजगारी पाएका छन् । सीजी ल्याण्डमार्कका क्षेत्रवरिपरीको आर्थिक गतिविधि बढ्दै गएको छ ।  ल्याण्डमार्कले राज्यलाई ठूलो परिणाममा कर पनि बुझाइरहेको छ । यसलाई शहरभित्रको शहर पनि भनेकोले मानिसहरुको मलप्रतिको आकर्षण बढ्दै गएकोले आर्थिक क्रियाकलापहरु पनि ह्वात्तै बढ्दै गएको देखिन्छ ।

कतिपयले सीजी ल्याण्डमार्कलाई महंगो पनि भन्छन् नि ?

केही हदमा कुनै वस्तु महंगो जस्तो लागे पनि विश्वस्तरका स्तरीय उत्पादन महंगो हुनु स्वभाविक नै हो । यस्ता मलहरुले सस्तो खालको सामान पनि राख्दैन । कोही ग्राहक कन्फ्युज भए पनि सामान्य पसलहरुमा पाइने उत्पादन भन्दा ल्याण्डमार्कभित्र पाइने वस्तुको गुणस्तरियता धेरै नै फरक हुन्छ ।

 चितवनमा सामाजिक सेवाका कस्तो खालको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ ?

सिजी ल्याण्डमार्क भर्खरभर्खर स्थापना भएको मल भएकोले विस्तारै हामीले सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य बनाएका छौं । हामीले विभिन्न जातजाति र धर्मसंस्कृतिका चाडपर्वमा फरक फरक कार्यक्रम गरेर सबैलाई सम्मान गर्छौं भन्ने सन्देश त दिइसकेका छौं । भ्यालेन्टाइन डे, शिवरात्रि, क्रिसमस, इद, ल्होछार सबैमा राष्ट्रिय कलाकारहरु ल्याएर कार्यक्रम गरिरहेका छौं ।

ल्याण्डमार्कप्रतिको प्रारम्भिक प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

सबै चितवनबासीको निकै राम्रो र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु । ल्याण्डमार्कमा दिनप्रतिदिन सबैको भीडभाड बढेको छ । वस्तुको ब्राण्डप्रति जनचेतना पनि बढेको पाएको छु । अन्य डिमार्टमेन्टल स्टोर र ल्याण्डमार्कको बीचमा के भिन्नता छ भन्ने सबै नागरिकले बुझ्दै गएका छन् । यो एउटा आज खुलेर भोलि बन्द हुने पसल जस्तो नभई दीर्घकालिनरुपमा व्यापार गर्ने उद्देश्यले स्थापित भएकोले पनि कसैले ठग्ने वा ग्राहकलाई झुक्याउने सम्भावना नै देखिँदैन । व्यवसायीहरुले निकै ठूलो लगानी गरेकोले पनि उनीहरु ग्राहकको मन जित्न बढी जिम्मेवार बन्दै जाने देखिन्छ ।

अन्त्यमा सोध्न छुटाइएको र तपाइँको मनमा लागेका केही कुराहरु छन् ?

खासै केही छैन । अन्तर्वार्ताको लागि धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>