प्रवास

अमेरिकाका नेपाली व्यवसायी भ्रमण वर्षको प्रचार अभियानमा जुटे

Banner

टेक्सास, अमेरिका, फागुन ७-

अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली रेष्टुरेण्ट व्यवसायीले भ्रमण वर्षको प्रचारप्रसार गर्न नेपाल भ्रमणको टिसर्ट लगायर सर्भिस गरेका छन् ।

अमेरिकामा रहेका नेपालीको पुरानो संस्था एन्माको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यसहित बनेको अभियानले अमेरिकाको विभिन्न राज्यका नेपाली रेष्टुरेण्ट र व्यवसायमा नेपाल भ्रमण गरौं भन्ने टिसर्ट लगाएर ग्राहकलाई नेपालको बारेमा थप जानकारी दिँदैं सर्भिस गर्ने अभियान चलाइएको हो ।

एन्माका वरिष्ठ उपाध्यक्ष तथा भ्रमण वर्ष प्रवद्र्धनसम्बन्धी टास्क फोर्सका संयोजक तिलक केसीका अनुसार एन्माले अमेरिकाको मुख्य शहरमा रहेका अधिकांश नेपालीद्वारा सञ्चालित व्यवसायमा नेपाल भ्रमण वर्षसम्बन्धी टिर्सट लगायर सर्भिस दिने योजना राखेको बताएका छन् । संयोजक केसीका अनुसार टिर्सट लगायर सर्भिस गर्दा ग्राहकले थप जान्न चाहेमा पर्यटन बोर्डबाट निर्माण गरिएका नेपालसम्बन्धी थप जानकारी दिने फ्यारलगायतका सामग्री पनि संस्थाले वितरण गरेको छ ।

भ्यालेन्टेन डेको विशेष दिन पारेर सुरु गरिएको अभियानमा एन्माका निवर्तमान अध्यक्षसमेत रहेका बाला घिमिरेले सन्चालन गरेका शिकागोका दुई वटै रेष्टुरेण्टमा पर्यटन वर्ष विशेष टिसर्टलगायत विभिन्न सामग्रीसहित सर्भिस प्रदान गरिएको थियो । पर्यटन प्रवद्र्धन गर्न व्यक्तिगतरुपमा समेत अभियान सञ्चालन गर्दै आएका घिमिरेका अनुसार ग्राहकले नेपालसम्बन्धी चासोका साथ धेरै जानकारी लिएका थिए ।

उता बिस्कन्सनका विभिन्न स्थानमा संयोजक तिलक केसी आफै विभिन्न ब्यवसायमा पुगेर टिसर्ट तथा सामग्री वितरण गरेका थिए भने समितिका सदस्य सचिव तथा नेपालको पर्यटन प्रवद्र्धन गर्दै म्याराथन दौडने डाक्टर ओम दाहाल, डाक्टर दिवाकर दाहाललगायतले विभिन्न राज्यमा टिसर्ट तथा पयर्टनसम्बन्धी सामग्री वितरण गरेका थिए । संयोजक केसीका अनुसार हाल शिकागो, बिस्कन्सन, न्यूयोर्क, डयाल्लास, लुजियाना, लस एन्जलसलगायतका स्थानमा यो अभियान पुगिसकेको छ भने विस्तारै अन्य धेरै शहरमा लैजाने योजना एन्माले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>