चितवन विशेष
अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलमा निःशुल्क स्वास्थ्य शिविर

चितवन, फागुन ४-
चितवनको एभरेष्ट अस्पतालको आयोजनामा आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा सहभागी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा कर्मचारीको सुगर प्रेसर परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका अध्यक्ष भरतराज रेग्मीले जनाकारी दिए ।
रंगशालामा कार्यरत ज्येष्ठ कर्मचारीको स्वास्थ्य परीक्षण गरी अस्पतालका सञ्चालक एवम् प्रवन्ध निर्देशक डा. नबराज लामिछानेले शिविरको उद्घाटन गरेका थिए । स्वास्थ्य शिविरमा एभरेष्ट अस्पतालका सञ्चालक एवम् प्रवन्ध निर्देशक डा. नवराज लामिछने, डा. सुरेन्द्र सिग्देल, नर्सिङ इन्र्चाज कोपिला रेग्मी, अस्पताल सञ्चालक एवम् ल्याब प्रमुख असिम श्रेष्ठ, ल्याब टेक्निसियन पवन राई, विकाश श्रेष्ठ, नर्स रस्मिता पोखरेल, दिपा बस्नेत, सविना पोखरेललगायतका स्वास्थ्यकर्मीले रंगशाला निर्माणमा खटिएका कर्मचारी एवम् कामदारहरुको स्वास्थ्य परीक्षण गराएका थिए ।
जनस्तरबाट निर्माण भइरहेको रंगशालामा अस्पतालले पनि केही योगदान र सहयोग गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको अस्पतालका सञ्चालक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । अस्पतालको तर्फबाट गरिएको निःशुल्क स्वास्थ्य शिविरले रंगशाला निर्माणमा थप सहयोग पुग्ने अर्का सञ्चालक असिम श्रेष्ठले बताए । शिविरमा १४४ जना कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष रेग्मीले जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा रोयल फर्मास्युटिकल्स प्रालिले औषधि सहयोग गरेको थियो ।























