चितवन विशेष

१०२ वर्षीय वद्धलाई सम्मान गर्दै व्यवसाय शुभारम्भ

Banner

चितवन, फागुन ३–

नयाँ काम सुरु गर्ने आ–आफ्नै तरिका हुन्छ । भरतपुर–१०, दीपेन्द्रचोकका हरि बस्ताकोटीले नयाँ व्यवसाय सुरु गर्दा टोलका सय वर्ष कटेका वयोवृद्ध र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका छन् ।

बस्ताकोटीले स्टेशनरी तथा गिफ्टका सामग्री पाइने गरी शनिबारबाट शुभारम्भ गरेका हुन् । अर्चु इन्टरप्राइजेजको औपचारिक शुभारम्भमा उनले वीरेन्द्र क्याम्पस रोड नमूना टोल विकास संस्थाभित्रका सबैभन्दा वयोवृद्ध १०२ वर्षीय बेनबहादुर श्रेष्ठ र गतसालको एसईई परीक्षामा ३.९ जीपीएसहित अरोमा स्कूलबाट सर्वोत्कृष्ट बनेका आयुष रानाभाटलाई सम्मान गरेका हुन् ।

समाजमा सकारात्मक सन्देशसहित नयाँ कामको थालनि गर्ने उद्देश्यले दुईजनालाई सम्मान गरेको उनले बताए । सो क्रममा व्यवसाय शुभारम्भको सिर्जनात्मक अभ्यासप्रति उपस्थित अतिथिहरुले मुक्तकण्ठले प्रशंसा गरे ।

टोल विकास संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीकान्त शर्मा पौडेलले यस्तै सिर्जनात्मक भावनाले समाज निर्माण हुने बताए । टोलका अध्यक्ष शेषराज सापकोटाले वयोवृद्धको सम्मानले नयाँ सन्देश दिएको बताए । अन्नपूर्ण डेरीका अध्यक्ष ऋषिराम चापागाईंले यसबाट सबैले सिक्नुपर्ने बताए ।

पसलमा सबैखाले स्टेशनरीसहित गिफ्ट, खेलकुदका सामग्री पाइनुका साथै फोटोकपी र प्रिन्टको काम पनि हुने सञ्चालक कल्पना आचार्य बस्ताकोटीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>