मकवानपुर

बैंकका शाखा प्रमुखलाई खुकुरी ताक्ने मकवानपुर प्रहरीको नियन्त्रणमा

Banner

हेटौंडा,फागुन ३-

जिल्ला प्रहरी कार्यालय मकवानपुरले खुकुरीसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले हेटौंडा उपमहानगरपालिका ४ चिल्ड्रेनपार्क बस्ने ४४ बर्षिय गजेन्द्र राज गिरीलाई पक्राउ गरेको हो । गिरीले नेपाल बैंक लिमिटेड हेटौंडा शाखामा सुनको गरगहना धितो राखेर पैसा नदिएको भन्दै शाखा प्रमुखलाई काट्छु भनेर खुकुरी ताकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । बैकले सुनमा संङका लागेपछि धितो राख्न मानेको थिएन ।

बा ५ च २६२५ नम्वरको कारमा आएका उनले खुकुरी सहित बैंकमा प्रबेश गरेर शाखा प्रमुखलाई काट्छु भनेपछि सादा पोसाकमा गएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले गिरीलाई पेस्तोल ताकेर गोली हान्छु भनेर खुकुरी सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी शुसिलसिंह राठौरले जानकारी दिए ।

घटनाको सम्बधमा थप अनुसन्धान भइरहेको र दोषिलाई आवश्यक कारवाही गरिने उनले बताए । मकवानपुरमा एसपी राठौर आएपछि अपराधिक क्रियाकलाप गर्नेहरुको भागाभाग भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>