चितवन विशेष

प्रेम दिवसले सौराहामा भरियो पर्यटक

Banner

चितवन, फागुन २–

आज भ्यालेनटाइन डे अर्थात प्रेम दिवस । प्रेमिल जोडीहरुका लागि आजको दिन निकै महत्वपूर्ण हो । यही प्रेम दिवस मनाउन प्रेमिल जोडीहरु विभिन्न स्थानहरुमा घुम्न निस्किएका छन् । जसका कारण पर्यटक घट्दै गइरहेको चितवनको पर्यटकीय गन्तव्य सौराहामा आज आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

आज सौराहाका अधिकांश होटलहरु भरिभराउ छन् । होटल पार्क इन सौराहाका संचालक दिपेश चौधरीले आज होटलका सबै कोठाहरु बुक भइसकेको जानकारी दिए । उनले आज विहानैदेखि सौराहा पर्यटकहरुको भीड लागेको बताए ।

यही प्रेम दिवसलाई लक्षित गरी रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाले फूड फेस्टिबलको समेत आयोजना गरेको छ । फूड फेस्टिबलमा समेत भिड लाग्ने गरेको छ । फेष्टिबल आयोजक संस्था रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले आज दिउँसोदेखि नै फेस्टिबलमा दर्शकको उपस्थिति बाक्लिएको जानकारी दिए ।

सौराहा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी यस्ता किसिमका विभिन्न कार्यक्रमहरु हुँदै आइरहेका छन् । पछिल्लो समय सौराहामा अपेक्षा अनुरुप पर्यटकहरु आएका छैनन् । सौराहामा साना तथा ठूला गरी ११५ भन्दा बढी होटलहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>