प्रवास

मलेसियाले भन्योः विदेशी सुरक्षा गार्डमा नेपाली कामदारमात्रै राख्छौं

Banner

काठमाडौं,माघ २९-

मलेसियाको गृह मन्त्रालयले विदेशी सुरक्षा गार्डका रुपमा नेपाली कामदारमात्रै राख्न सकिने जनाएको छ । मलेसियाका लागि पाकिस्तानबाट १ लाखदेखि १ लाख ५० हजार जना सुरक्षा गार्ड ल्याउने तयारीबारे खबरहरु आइरहँदा त्यहाँको गृह मन्त्रालयले त्यसको खण्डन गर्दै विज्ञप्ती निकालेको हो ।

मन्त्रालयले स्थानीय व्यक्तिलाई नै सुरक्षा गार्डमा रुपमा राख्न सकिने भन्दै बरु स्थानीय सेक्युरेटी कम्पनीलाई त्यसका लागि प्रोत्साहित गरिने बताएको छ । समाचार अनुसार १ लाख २० हजार ७६७ स्थानीय व्यक्तिले सुरक्षा गार्डको तालिम पनि लिएका छन् । यसको उद्देश्य सरकारले सेक्युरेटी गार्डबारे बनाएको मापदण्ड पुरा गर्नु हो । मलेसियन सरकारले विदेशबाट सुरक्षा गार्ड ल्याउने नीति अस्थायी भएको बताउँदै आएको छ ।

मलेसियामा नेपाली सुरक्षा गार्डलाई निकै सकारात्मक रुपमा हेरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>