चितवन विशेष

सौराहा फुड फेष्टिबलको तयारी अन्तिममा, पर्यटन मन्त्रीले उद्घाटन गर्ने

Banner

चितवन, माघ २६-

चितवनको पर्यटकीय नगरी सौराहामा माघ २८ गतेबाट सुरु हुने १४ औं सौराहा फुड फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको छ ।

रेष्टुरेष्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा हुने सो फेष्टिबलको स्टल, स्वागत गेट निर्माणको काम अन्तिम चरणमा पुगेको र प्रचार प्रसार तथा आन्तरिक तयारीको काम तीव्ररुपमा भइरहेको छ । चितवनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको सो फेष्टिबलको वागष्मती प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गर्ने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

प्रेम दिवसको अवसरमा आयोजित सो फेष्टिबलमा ४० खानाका स्टलहरु रहने खतिवडाले जानकारी दिए । फेष्टिबलमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिबलका संयोजक धु्रव गिरीले बताए । फेष्टिबलअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याक सम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ । सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेण्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । फेष्टिबलअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायतका कार्यक्रम हुनेछन् । प्रेम दिवसको दिन फेष्टिबल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्य ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ ।

भण्डै साढे दुई करोडको कारोबार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए । फेष्टिबलको सांस्कृतिक कार्यक्रमअन्तर्गत पशुपति शर्मा, प्रकाश सपुत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ति श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शीतल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबि लोप्चन, शिवहरि ढुंगाना, मुना अर्याल द न्याटिभ ब्याण्ड, बलराम सरकारलगायतका विभिन्न जनतातिका मौलिक नृत्य, स्थानीय कलाकार तथा रत्ननगर कलामन्दिरका कलाकारहरुको आर्कषण नृत्य प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>