चितवन विशेष
होटल तथा रेष्टुरेण्ट संघ कृष्णपुरमा पाठकको नेतृत्व

चितवन, माघ २६-
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनअन्तर्गत कृष्णपुर इकाइ समितिको अध्यक्षमा कमलराज पाठक चयन भएका छन् ।
संघका जिल्ला अध्यक्ष दिपक ढकालको अध्यक्षतामा सम्पन्न भेलाले सो इकाई समिति गठन गरेको हो । नवगठित इकाइ समितिको उपाध्यक्षमा इन्द्रप्रसाद रिजाल, सचिवमा लोकनाथ कँडेल, कोषाध्यक्षमा चिरञ्जिवी वाग्ले, सदस्यहरुमा विजय तिवारी, चन्द्रबहादुर राना, भूपेन्द्र सापकोटा, सम्झना पौडेल, राज तिमिल्सिना रहेका छन् ।
कार्यक्रममा होटल व्यवसायी महासंघकी उपाध्यक्ष मीना गौतम प्रमुख अतिथि रहेका थिए भने होटल व्यवसायी महासंघका सल्लाहकार दुर्गा प्रसाद गौतम विशेष अतिथि रहेका थिए । कार्यक्रममा महासंघकी केन्द्रीय सदस्य लक्ष्मी कार्की, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका सल्लाहकार कुश्माखर अधिकारीलगायतले बोलेका थिए । यसैगरी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवन र कृष्णपुर इकाइको पहल एवम् भरतपुर महानगरपालिकाको समन्वयमा भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै खाना र आवासमा नयाँ दररेट कायम गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकालले जानकारी दिए । परिमार्जित दररेट यही हप्ताबाट लागू हुने उनको भनाइ थियो ।
























