कृषि

भण्डारा दुग्ध सहकारीको अध्यक्षमा थपलिया निर्वाचित

Banner

चितवन, माघ २६-

राप्ती नगरपालिका–५ स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा डिल्लीप्रसाद थपलिया अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको मतगणनाको आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार थपलियाले प्रमुख प्रतिद्वन्द्वी विश्वकान्त रुवालीलाई २१५ मतान्तरले पराजित गरे । कुल खसेको ७७९ मत मध्ये थपलियाले ४५३ मत तथा रुवालीले २३८ मत प्राप्त गरे । अध्यक्षकै लागि अर्का प्रत्यासीहरु थलराज पाठकले १० मत र तीर्थराज पाण्डेले ८ मत पाए । पाठकले चुनाव चिन्ह पाइसकेपछि थपलियालाई समर्थन गरेका थिए ।

राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक रहेका थपलिया अघिल्लो कार्यकालमा पनि मतदानबाटै निर्वाचित भएका थिए । नेकपा निकट थपलिया र नेपाली कांग्रेस रुवालीले प्यालननै बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने नेपाली कांग्रेस निकट शेयर सदस्यहरुले जितेका छन् । सचिवमा आश गरेको नेकपाले त्यसमा पनि हार व्यहोर्नु परेपछि राप्ती नेकपा भित्र तरंग उत्पन्न भएको छ । उपाध्यक्षमा डालबहादुर श्रेष्ठ ३९४ मतका साथ विजयी भएका छन् । उनका प्रत्यासी राजेन्द्रप्रसाद तिमल्सिनाले २७७ मत प्राप्त गरे ।

सचिवमा नेकपाका रामचन्द्र हुमागांई, काग्रेसका हरिकुमार दनै सँग मात्र ५ मतले पराजित भए । हुमागाईले ३३३ मत तथा दनैले ३३८ मत पाए । कोषाध्यक्षमा विजयी हरिमाया उप्रेतीले ३५० मत तथा प्रत्यासी सुवास सिलवालले २८२ मत तथा सहसचिवमा नेकपा निकटका प्रकाश सेढाईले ४१४ मत तथा कांग्रेस निकटका सर्वेश्वर थपलियाले २२३ मत प्राप्त गरे । कार्यसमिति सदस्यहरुमा नेकपा निकटका सबै जना निर्वाचित भए । सदस्यहरुमा कृष्णकला खरेल, गोविन्द श्रेष्ठ, गंगामाया रुम्वा, दुर्गामणी सेढाई, विनोदकुमार श्रेष्ठ र लक्ष्मण श्रेष्ठ निर्वाचित भए । लेखा समिति संयोजकमा पनि नेकपा निकटका लक्ष्मण प्रसाद वर्तौैलाले कांग्रेस निकटका चेतनाथ पाण्डेलाई पराजित गरे । बर्तौलाले ४९४ मत तथा पाण्डेले ११९ मत पाए । निर्वाचन समिति संयोजकमा पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी, सदस्यहरुमा पूर्णबहादुर थापा र खिलकान्त रुवाली रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>