चितवन विशेष
चश्मा व्यवसायी संघ चितवनमा पुनः प्रकाश पौडेलको नेतृत्व
०

चितवन, माघ २५-
नेपाल चश्मा ब्यवसायी संघ चितवनको अध्यक्षमा पुनः प्रकाश पौडेल चयन भएका छन् ।
संघको भरतपुरमा आज सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि संस्थापक अध्यक्ष पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा सरस्वती अर्याल, सचिवमा जितेन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्षमा सुबोध पौडेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा भाष्करचन्द्र न्यौपाने, शान्ता पाण्डे, सरोज पौडेल, राम शरण अर्याल र इन्दिरा चापागाई चयन भए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अधिवेशनमा चश्मा व्यवसायीहरुलाई वस्तुगत तर्फबाट उद्योग वाणिज्य संघमा आवद्ध हुन आग्रह गरे । साथै उनले महानगरसँगको समन्वयमा बजार क्षेत्रको ट्राफ्रिक समस्या समाधान गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























