चितवन विशेष
क्रिकेट रंगशालाः गैडाकोट नगरपालिकाले १ करोडको सालका काठ दिने
०

चितवन,माघ २४-
चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा रकम र अन्य सहयोग आउनेक्रम जारी छ । आज (शुक्रबार) पनि विभिन्न संघसंस्था, दाता र स्थानिय सरकारले सहयोगको घोषणा गरेका छन् ।
भरतपुरसंग सिमा जोडिएको नवलपुरको गैडाकोट नगरपालिकाले १ करोड बराबरको सालको काठ दिने भएको छ । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले महायज्ञस्थल पुगेर सो रकम बराबरको सालको काठ सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले रंगशाला निर्माणमा हातेमालो गर्न छिमेकी नगरपालिकाले काठ सहयोग गरेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























