चितवन विशेष

चितवनमा भोलिबाट क्यान इन्फोटेक, सामाजिक विकास मन्त्री दुलालले उद्घाटन गर्ने

Banner

चितवन, माघ २३-

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा भोलिबाट प्रभु पे पाँचौ क्यान इन्फोटेक मेला सुरु हुने भएको छ ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूल उद्देश्यका साथ सुरु हुन लागेको मेलाको उद्घाटन वागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गर्ने छन् । नारायणगढ लायन्सचोकको पुरानो तरकारी मण्डीमा हुने मेला आगामी माघ २८ गते सम्म सञ्चानल हुने क्यानका जिल्ला अध्यक्ष सन्तोष भुषालले बताए ।

मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षासम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८१ स्टल रहने क्यान जिल्ला सचिव टेकलाल भुषालले बताए । मेला अवधि भर ६० लाखको कारोबार गर्ने लक्ष्य राखिएको छ । लायन्सचोकस्थित पुरानो तरकारी बजार भएको ठाउँमा हुन लागेको मेलामा मोबाइल, कम्प्युटर, प्रिन्टर, ल्यापटप, सफ्टवेयर, सुरक्षा सम्बन्धी सामग्री, स्मार्ट टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदायक शैक्षिक संस्था, परामर्शदाताहरूको कक्षसहित फ्रि वाइफाइको सुविधा रहने कोषाध्यक्ष रुपक नेपालले बताए ।

मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत देखाइने क्यानले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा आईटीसम्बन्धी अन्तक्र्रिया कार्यक्रम डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आईटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार आयोजनालगायतका कार्यक्रम हुने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>