राजनीति

बालुवाटार जग्गा प्रकरणमा बाबुरामले भने – दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस

Banner

काठमाडौं, २३ माघ ।

पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई चर्चित बालुवाटार जग्गा प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई असहज महसुस भएको प्रक्रियता दिएका छन् ।

उनले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘मैले पनि असहजता महसूस गरेको छु! सुर–असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस ! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहोस्!’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>