चितवन विशेष

चितवनमा कोरोना भाइरसको उच्च सर्तकता, भरतपुर विमानस्थलमा स्वास्थ्य परीक्षण

Banner

चितवन, माघ २२-

भरतपुर विमानस्थलमा कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । आजदेखि विमानस्थलमा नोभल कोरोना भाइरस हेल्थ डेस्क राखेर परीक्षण सुरु गरिएको हो ।

भरतपुर महानगरले राखेको सो डेस्कमा स्वास्थ्य कार्यालय र भरतपुर नागरिक उड्डयन कार्यालयसँग समन्वय गरी परीक्षण सुरु गरिएको भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सूर्य तिवारीले जानकारी दिए ।

देशकै तेस्रो पर्यटकीय जिल्ला भनेर चिनिने चितवनमा पनि कोरानाको जोखिम बढी भएकाले हेल्थ डेस्क राखेर परीक्षण सुरु गरिएको उनले बताए । काठमाडौँ र पोखरा फ्लाइटबाट भरतपुर विमानस्थलमा आएका यात्रुलाई लक्षित गरी हेल्थ डेस्क राखिएको स्वास्थ्य शाखाका सहसंयोजक सूर्य तिवारीले जानकारी दिए ।

परीक्षणका लागि विशेष गरी रुघाखोकी लागेको र विदेशबाट आएको यात्रुलाई लक्षित गरी परीक्षण गरिरहेका सहसंयोजक तिवारीले जानकारी दिएका छन् । जाँच गर्दा कोरोनासम्बन्धी कुनै लक्षण देखिएमा हस्पिटल रिफर गरिने उनले बताए । जसको लागि भरतपुर अस्पताल र अन्य अस्पतालसँग समन्वय गरेको उनले बताए ।

चीनबाट सुरु भएको कोरोना भाइरसले चीनमा ४९१ जनाको ज्यान गइसकेको छ भने नेपालमा पनि एक जनालाई देखिएको पुष्टि भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>