चितवन विशेष

चितवनमा नेपालकै पहिलो अम्ब्रेला स्ट्रिट तयार, तीन करोड बढी लगानी

Banner

नारायणी अनलाइन डेस्क

चितवन, माघ २२-

भरतपुर महानगरपालिका–२२ पटिहानीमा पर्यटकलाई आकर्षण गर्न नेपालकै पहिलो अम्ब्रेला स्ट्रिट तयार भएको छ ।

भरतपुर महानगरपालिका, वडा कार्यालय र पर्यटन मन्त्रालयको लगानीमा बनेको यो स्ट्रिट फागुनमा औपचारिक उद्घाटन हुने तयारी गरिँदै छ । छाता झुन्ड्याइएको आकर्षक सडकमा पर्यटन हिड्ने अवसर पाउने छन् । पानीको फोहोरा, आकर्षक लाइटसहितको यो सडकबाट साँझको सूर्यास्त र चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरहरु हेर्न सकिने पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलियाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘सार्वजनिक स्थलमा यस्तो प्रकारको आकर्षक अम्ब्रेला स्ट्रिट निर्माण गरिएको नेपालकै पहिलो प्रयास हो ।’ चितवन राष्ट्रिय निकुञ्जको तटीय क्षेत्र पर्ने राप्ती नदीको तटीय क्षेत्र पटिहानीको घट्गाईमा यो स्ट्रिट निर्माण गरिएको छ ।
स्ट्रिटको औपचारिक उद्घाटन भएपछि सडकमा नै खानाहरु राखेर रात्रिकालिन सडकको रुपमा यसलाई विकास गरिने पटिहानीका पर्यटन व्यवसायीहरुको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर बनाइएको यस सडक झण्डै आठ गठ्ठा जग्गामा फैलिएको छ । अम्ब्रेला स्ट्रिट प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य मध्ये चितवनको पटिहानी पनि परेकोले धेरै भन्दा धेरै पर्यटक आकर्षण गर्न यसप्रकारको अम्बे्रलो स्ट्रिट बनाइएको बताए । पछिल्लो समयमा पटिहानी जंगल सफारी, गाडा सयर, थारु संस्कृतिलगायतमा प्रशिद्ध रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>