समाचार
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
०

काठमाडौँ, माघ२२-
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनि मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित थिए ।
नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहेका थिए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनि पहिलो प्रस्तोता रहेका थिए ।
उनि टेलिभिजनका अगुवाका रुपमा चिनिन्थे । उनि रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका थिए । इलामको फिक्कलमा जन्मिएका शर्माको श्रीमती र दुई छोरा छन् । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























