क्रिकेट
नेपाललाई ओमानले दियो १ सय ९८ रनको लक्ष्य
०

चितवन, माघ२२-
आईसीसी विश्व क्रिकेट लिग–२ खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
कप्तान ज्ञानेन्द्र मल्लले टस जितेपछि ब्याटिङमा आएको ओमानबाट मोहम्मद नदिमले सर्वाधिक ६९ रन बनाए । ९६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले ३, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । नेपालका चर्चित लेग स्पीनर सन्दीप लामिछाने भने विकेटविहीन बनेका छन् । १० ओभर बलिङ गर्दा बिना विकेट सन्दीपले ४५ रन दिए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सुसन भारीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























