क्रिकेट

सीएमसी चितवन प्रिमियर लिगमा राप्तीको लगातार दोस्रो जित

Banner

चितवन, माघ २०-

राप्ती र्‍यापिड्सले सीएमसी चितवन प्रिमियर लिगमा लगातार दोस्रो जीत हात पारेको छ ।

प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले लगातार दोस्रो जीत हात पारेको हो ।

नारायणगढको क्याम्पाचौंरमा सम्पन्न खेलमा राप्तीले सौराहालाई ७ विकेटले पराजित ग¥यो । सौराहाले दिएको १११ रनको सामान्य लक्ष्य राप्तीले १६.४ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा ग¥यो । राप्तीको जीतमा हरिबहादुर चौहानले अर्धसतकिय पारी खेले । उनले ४३ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । उनलाई कमल थापाले ३८ रन बनाएर साथ दिए । थापाले ३२ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै लक्की सापकोटाले १४ रन बनाए भने कप्तान आकाश थापा १ रनमा आउट भए । सौराहाका आकाश चन्द, अनुज चनरा र सुवर्ण भट्टले समान १\१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले खराब सुरुवात गरेको थियो । सौराहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन मात्र बनाएको थियो । स्कोर बोर्डमा खाता नै नखोल्दा सौराहाका ओपनर रित गौतम शून्यमै पेभिलियन फर्किए । दोस्रो विकेटका लागि राजेश ढकाल र प्रशान्त महतले २३ रनको साझेदारी गरे । प्रशान्त २१ तथा राजेश ७ रनमा आउट भए । कप्तान सन्तोष न्यौपानेले अभिजित ३५ रन बनाए । उनले ५३ बलमा ४ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन .राप्तीका राम नरेश गिरी र कमल थापाले समान २९२ विकेट लिए । गिरीले ४ ओभरमा २१ रन खर्चिए भने थापाले ३ ओभरमा २३ रन दिए । खेलको म्यान अफ दि म्याच राप्तीका लागि ५४ रनको अर्धसतकिय पारी खेलेका हरि बहादुर चौहन घोषित भए । प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा अहिले राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज र माडी टाइगर्स भिडिरहेका छन् । भरतपुर संघर्ष पौडेल तथा माडी किशोर महत्तोको कप्तानीमा मैदान उत्रिएको छ ।

२५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले एक लाखमा चित्त बुझाउनेछ । यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि. चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>