अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति ?

Banner

काठमाडौँ, १९ माघ ।

आइतबार सुनको भाउ बढेर प्रतितोला ७६ हजार ५ सय पुगेको छ ।

गत पुस २३ गते प्रतितोला ७६ हजार ५ सय पुगेर किर्तिमान कायम गरेको सुनको मूल्य आज सोही मूल्यमा पुगेको हो । शुक्रबार ७६ हजारमा कारोबार भएको सुन आइतबार ५ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि बढेको छ। शुत्रबार ७५ हजार ७ सयमा कायम भएको तेजाबी सुन आइतबार प्रतितोला ५ सयले बढेर ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आजका लागि ८ सय ९५ रुपैयाँमा कायम छ । शुक्रबार ८ सय ९० मा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ । आजका लागि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १५ सय ७३ अमेरिकी डलरमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>