स्वास्थ्य
भारतमा पनि देखियो कोरोना भाइरस संक्रमित
०

काठमाडौं माघ १६ –
चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा पनि पुगेको छ ।
केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ ।
कोरोना भाइरसले चीनमा १७० को ज्यान लिइसकेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























