स्वास्थ्य

किन निचार्नुहुँदैन डण्डिफोर ?

Banner

काठमाडाैं, १६ माघ-

किशोर अवस्थामा हार्मोनमा हुने परिवर्तनसँगै अनुहारमा डण्डिफोर आउँछ । कतिपय अवस्थामा शरीरको स्याहार गर्दागर्दै पनि यस्ता डण्डिफोर आउन सक्छ । डण्डिफोरको समस्या हुनेहरुले अनुहारलाई दिनको दुई तीन पटक राम्रोसँग सफा गर्नुपर्छ ।

डण्डिफोर भनेको छालामुनि भएको एउटा सानो झोलाजस्तै हो, जसमा चिल्लो पदार्थ, ब्याक्टेरिया अनि जलन गराउने तत्व रहेको हुन्छ ।

यसलाई निचार्दा झोलाभित्र भएका सबै तत्वहरू छाला बाहिर निस्कन्छन् र बाहिरको छालामा सङ्क्रमण पनि हुन सक्छ । यसले झन् नकारात्मक परिणाम ल्याउन सक्छ ।

साथै, डण्डिफोर निचारिसकेपछि त्यसले झन् बढि जलन गराउन सक्छ र छालामा कालो दाग पनि बस्न सक्छ । र यो दाग डण्डिफोर जस्तो होइन, यो त सँधेको लागि पनि बस्न सक्छ ।

फेरि डण्डिफोर निचार्दा नङमा भएको ब्याक्टेरिया र अन्य फोहोरको कारण अझ बढि सङ्क्रमण हुन जान्छ ।

यदि तपाईँले डण्डिफोर निचार्ने इच्छालाई दबाएर राख्न सक्नुभयो भने त्यो १ हप्ताभित्र आफै हराएर जान्छ, दाग नै नराखीकन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>