स्वास्थ्य

कोरोनाभाइरसले ब्रिटिस एयरलाइन्सका सबै उडान चीनमा बन्द, सङ्क्रमितको सङ्ख्या बढ्दै

Banner

चितवन, माघ १५ –

ब्रिटिस एयरलाइन्सले बुधबारदेखि आफ्नो सबै उडान चीनमा बन्द गरेको छ । कोरोनाभाइरसको संक्रमण नघटेपछि ब्रिटिस एयरलाइन्सले आगामी मार्चसम्म चीनमा उडान नभर्ने जनाएको छ ।

भाइरस सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

एयरलाइन्सले लन्डनबाट सिधा बेइजिङ र सांघाईका बुकिङसमेत बन्द गरेको छ । त्यहाँको अवस्था सामान्य नभएसम्म उडान नभर्ने जनाएको छ ।

चीनमा अहिलेसम्म कोरोनाभाइरसले १३२ जनाको मृत्यु र ६ हजार बढी संक्रमित भइसकेका छन् । चीनले वुहान सहर बन्द गरेर संक्रमितको उपचार गरिरहेको छ ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर उनीहरूको स्वास्थ्य जाँच गरेपछि मात्र घर फर्कन दिने योजना बनाएको छ।

चीनबाट फैलिएको कोरोनाभाइरस अमेरिका, जापान, अफ्रिकाका देशमा समेत देखिइसकेको छ । बुधबार मात्रै अस्ट्रेलिया र युएईमा कोरोनाभाइरस व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै, चीनमा अहिले ७,००० को आसपास नेपाली नागरिक रहेको नेपाली दूतावास बेइजिङको भनाइ छ ।

तीमध्ये भाइरस प्रभावित हुबेको वुहान वरपर करिब १०० नेपाली रहेका छन् ।

सङ्क्रमण फैलिएपछि केही दिनअघि वुहानमा मृत्यु भएका एक नेपालीको शव समेत नेपाल फिर्ता ल्याउन नसकिएको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>