Uncategorized

कमरेडहरु ! सरकारविरुद्ध डरलाग्दो गरी प्रचार आक्रमण छेडिएको छ : प्रधानमन्त्री ओली

Banner

काठमाडौं, माघ १५–

प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध प्रचार आक्रमण देडिएको बताएका छन् ।

नेकपाको जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले गरेका कामकाविरुद्ध केही व्यक्ति तथा समूहले प्रचार युद्ध नै छेडेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बुधबार राष्ट्रिय सभा गृहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामविरुद्ध प्रचार युद्ध छेडिएको बताएका हुन् ।

‘हाम्राविरुद्ध प्रचार युद्ध डरलाग्दो गरि छेडिएको छ । प्रचार युद्ध मात्र होइन, आक्रमण छेडिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो युद्ध हैन, युद्ध त दुईतिर बाटै हुन्छ । आक्रमण छेडिएको छ । डरलाग्दो तरिकाले ।’

उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइएको बताउँदै भने, “हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह हुन सक्छ । हामी वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले कतिपय अवस्थामा सरकारका केही कमजोरी भएको हुनसक्ने पनि स्वीकारे । ‘कतिपय अवस्थामा सरकारका कमी कमजोरी भएका पनि हुनसक्छन् । कतिपय अपेक्षा अनुसार पूरा नभएको हुनसक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी काम नगरी बसेका वा अपलव्धि हासिल नगरी बसेका वा पछाडि परेका होइनौं ।’

संविधान जारी भएपछि भएको संसदीय निर्वाचन पछिका २ वर्षमा असाधारण उपलब्धि हासिल गरेको पनि ओलीले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>