स्वास्थ्य

खोकीको उपचार कसरी गर्ने ?

Banner

काठमाडौं माघ, १३-

खोकीलाई साधारण रुपमा लिएपनि यसले मानिसको दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउँछ ।

लगातार खोकिरहँदा घाँटी, छाती, पेट तथा भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदासमेत धेरै दिनसम्म खोकी निको हुन निकै समय लाग्न सक्छ ।

यस विषयमा चिकित्सकहरुले गहिरो अनुसन्धानपछि बिरामीलाई खोकीको औषधिभन्दा पनि चकलेट खाए चाँडो ठीक हुने सुझाव दिदै आएका छन् ।

अन्य डार्क चकलेट भन्दा पनि दूधले बनेका ‘मिल्क चकलेट’ यसमा बढी प्रभावकारी हुने देखिएको छ । हालै १६३ बिरामीमा गरिएको एउटा अनुसन्धानपछि चकलेटमा पाइने कोकोले दुई दिनमै बिरामीको खोकीमा निकै ठूलो सुधार ल्याएको पत्ता लगाइएको छ ।

अनुसन्धानपछि युनिभर्सिटी अफ हलका प्रोफेसरले चकलेटले वास्तवमै खोकी कम गराउन सक्ने दाबीसमेत गरेका छन् ।

कोकोमा हुने ‘थिओब्रोमाइन’ नामक पदार्थले खोकीलाई दबाउन सक्ने क्षमता राख्ने अनुसन्धान कर्ताहरुको भनाइ रहेको छ ।

‘थिओब्रोमाइन’ पदार्थ चिप चिप टासिने किसिमको हुने हुँदा त्यसले घाँटीको नर्भहरुमा पुग्दा एउटा बाक्लो लेयर बनाउने गर्छ । उक्त लेयरका कारणले बिरामीले खोक्नु पर्ने महसुस नहुने गरेको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>