कर्पोरेट

गण्डकी विकास बैंकद्वारा कावासोतीमा शैक्षिक सामग्री वितरण

Banner

चितवन, माघ १३-

गण्डकी विकास बैँकले नवलपुरको कावासोती नगरपालिका–१३ बुढौलीकुनाको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत करिब १२५ जना छात्रछात्रालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

यस कार्यक्रमबाट स्थानीय विद्यालयमा अध्ययनरत करिब १२५ जना निम्न वर्गका छात्रछात्रा प्रत्यक्षरुपमा लाभान्वित भएका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि कावासोती नगरपालिका–१३ का वडा अध्यक्ष विनोद रानामगर रहेका थिए भने कार्यक्रमको अध्यक्षता बैँकका सञ्चालक पद्यप्रसाद पौडेलले गरेको बैँकले जनाएको छ ।  प्रमुख अतिथि वडा अध्यक्ष विनोद रानामगर तथा बैँकका सञ्चालक पद्यप्रसाद पौडेलले संयुक्तरुपमा उक्त विद्यालयका छात्रछात्रालाई स्विटर, झोला एवम् स्टेसनरी सामग्रीहरु वितरण गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि राना मगरले बैँकले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । बैँकका सञ्चालक पद्यप्रसाद पौडेलले बैँकले सामाजका विभिन्न क्षेत्रमा पु¥याएको योगदानका बारे प्रकाश पार्दै भावी योजनाको बारेमा समेत उल्लेख गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>