मकवानपुर
हेटौँडामा ट्रकको ठक्करबाट एकको मृत्यु
०
हेटौँडा, माघ ३-
मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटाँंैडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा मजदूरी गर्दै आएका अम्बर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>