चितवन विशेष

गैँडाकोटमा खुल्यो होटल द नारायणी,सात करोड लगानी

Banner

चितवन,माघ ३-

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी विजनेश ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो । यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि प्रदूषणरहित छ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न आठ वटा सुपर डिलक्स कोठा रहेका छन् । जग्गा भाडामा लिएर रु सात करोड लगानी गरी होटल सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम, नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको बिचमा रहेको भन्दै पर्यटन वर्षलाई होटलले सहयोग पु¥याउने विश्वास गरिएको छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच होटलका सञ्चालक वसन्त पराजुलीले जानकारी दिनुभयो । उहाँले समूहको पहिलो होटल द नारायणी रिसोर्टमा यस क्षेत्रको सबैभन्दा ठूलो सभाहल र पार्किङको व्यवस्था भएकाले राष्ट्रिय ठूला कार्यक्रम धेरै हुने गरेको बताउनुभयो । सो होटलमा एक हजारभन्दा बढी क्षमताको सभाहल, साना सभाहल र २३ वटा कोठा रहेका छन् । नारायणी नदी किनारमा भएकाले धेरैको रोजाइमा यो होटल पर्ने गरेको छ । विसं २०७४ मङ्सिर १ गतेबाट समूहले सो होटल सञ्चालनमा ल्याएको थियो ।

भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । चितवमा चार लाख र नवलपरासीमा एक लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यस क्षेत्रमा पर्यटक लक्षित होटल सञ्चालनमा ल्याएर समूहले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको बताउनुभयो ।

गैँडाकोट नगरक्षेत्रमा देवघाटधामसँगै मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्यधाम, मणि मुकुन्दसेन दरबारजस्ता धार्मिक पर्यटकीयस्थल र नारायणी नदी रहेको भन्दै उहाँले यस्ता होटलले पर्यटकको बसाई लम्ब्याउने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>