खैरहनी

मनोज महतोको ‘ओइ पगली’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, माघ १-

चितवनका चर्चित थारु गायक मनोज महतोले ‘ओइ पगली’ बोलको गीत बजारमा ल्याएका छन् । पूर्वीचितवनको खैरहनीमा जारी सातौं खिचरा महोत्सवमा आज माघी (खचिरा) पर्वको दिन गायक महतोले नयाँ गीत ‘ओइ पगली’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गायक मनोज, सोही गीतमा अभिनय गरेका मोडेल वीर चौधरी, खिचरा महोत्सव साँस्कृतिक कार्यक्रमका संयोजक जयस चौधरीलगायतले गीतको पोष्ट सार्वजनिक गरेका थिए ।

यस गीतमा गायक महतोलाई अहिलेकी चर्चित थारु गायिका अनु चौधरीले साथ दिएकी छिन् । यस गीतमा स्वयंम महतोको शब्द र संगीत रहेको छ । गीतको भिडियो स्वंम महतोले आफ्नो युट्युवबाट सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा चर्चित थारु मोडेल वीर चौधरी र सुष्मा चौधरीको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>