चितवन विशेष
साइकल जोगाउन खोज्दा चितवनको खैरहनीमा बस पल्टियो,१० जना घाइते
०

चितवन,पुस १-
पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ ज्यामीरेमा आज दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आँफै अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साइकलमा सवार दुई जना र बसमा सवार आठ जना घाइते भएका हुन् । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस
फाइल तस्वीर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























