चितवन विशेष
देवघाटमा प्रहरी सवार गाडी दुर्घटना,३० प्रहरी घाइते,केही गम्भीर
०

चितवन,माघ १-
तनहुँको देवघाट गाँउपालिका ५ कालिमाटीमा प्रहरी सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा ३० जना प्रहरी घाइते भएका छन् । देवघाटको माघी मेलाको सुरक्षाका लागि पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।
घाइतेको उपचारका लागि भरतपुर ल्याइएको छ । दुर्घटनामा केही प्रहरी गम्भीर घाइते भएको स्थानिय पन्चबहादुर गुरुङले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























