समाज
मौसमः आजबाट फेरि हिउँदे झरी
०

काठमाडौं,पुस २८-
भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो । पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो ।
सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ । यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























