बलिउड/हलिउड

अक्षय कुमार विवादमा : मराठी समुदायको भावनामा चोट पुर्‍याएको भन्दै प्रहरीमा उजुरी

Banner

काठमाडौं पुस २५-

बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमारविरुद्ध प्रहरीमा उजुरी परेको छ। मराठी समुदायको भावनामा चोट पुर्‍याएको भन्दै मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको हो। उनले पछिल्लो समय एक लुगा धुने पाउडर (डिटरजेन्ट)को विज्ञापनमा अभिनय गरेका थिए।

विज्ञापनमा उनी मराठी राजाको भूमिकामा देखिएका छन्। युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ। त्यतिबेलै एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्छिन्। त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ। विज्ञापनमा अक्षय राजाको रूपमा नाँच्दै बाल्टिनमा लुगा धोइरहेका देखिन्छन्।

डिटरजेन्टको विज्ञापनमा देखाइएका दृष्यले मराठीहरूको भावना र सम्मानमा चोट पुर्‍याएको उजुरीमा भनिएको छ। उजुरी सम्बन्धमा अभिनेता अक्षयले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

सर्वसाधरणले यो विज्ञापनलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै यो ब्राण्डको पाउडर बहिष्कार गर्न समेत आग्रह गरेका भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

यसैबीच, अक्षय कुमार बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता समेत बनेका छन्। उनले ७६० करोड कूल व्यापार गरेर यो वर्ष बलिउडका एक नम्बर नायक बनेका हुन्। सन् २०१९ मा उनले चार वटा चलचित्र ल्याएका थिए। उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए।

उनको फिल्म केशरीले १५३ करोड, मिसन मंगलले २०० दशमलव १६ करोड र हाउसफूल–४ ले २०६ करोड रूपैयाँ कलेक्सन गरेको थियो। त्यस्तै गुड न्युजले पहिलो सातामै १२७ करोड रूपैयाँ कलेक्सन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>