चितवन विशेष

नगरिकलाई निरोगी बनाउन अर्गानिक उत्पादन गरौंः मन्त्री लामा

Banner

चितवन,पुस २३-

चितवनमा आजदेखि ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ सुरु भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकोले यसको न्यूनिकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले सप्ताह सुरु गरिएको हो ।

सप्ताहको प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री लामाले सबै नागरिकलाई निरोगी बनाउन विषादी मुक्त अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । ‘एक दिन कार्यक्रम गरेर मात्रै यसलाई न्यूनिकरण गर्न सकिदैंन उहाँले भन्नुभयो’,हरेक दिन यस्ता अभियानहरु सञ्चालन गर्नुपर्छ ।’ प्रदेश सरकारले अर्गानिक कृषिलाई विशेष प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

उद्घाटन समारोह अघि नारायणगढको लायन्सचोकबाट विभिन्न प्ले कार्ड सहितको सचेतना ¥याली निकालिएको थियो । सप्ताह २९ गतेसम्म सञ्चालन हुनेछ । सप्ताह अन्तर्गत सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तरक्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेव प्रसाद हुमागाईले जानकारी दिनुभयो । अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागू गर्न र आईपीएम कार्यक्रमलाई बढवा दिन कार्यालयले निरन्तर अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढीभन्दा बढी सहभागी गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । कार्यक्रम मार्फत बालीनालीलाई जोगाउन प्राङ्गारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिने ढकालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>