चितवन विशेष

चितवनमा सातौं खिचरा महोत्सव पुस २७ देखि, तयारी अन्तिम चरणमा

Banner

चितवन, पुस २३-

थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौं सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–५ गौचरनमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म चल्ने खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आज (बुधबार) पत्रकार सम्मेलन गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो ।

महोत्सवको पुस २७ गते पूर्व उपप्रधानमन्त्री एवंम नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले समुद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव मुल आयोजक समितिका संयोजक एवंम थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सभापति चुडामणि चौधरीले जानकारी दिए ।

महोत्सवको समुद्घाटनको दिन थारु जतिसंगै अन्य विभिन्न जातजातिको झाँकीसहितको वृहत् ¥याली निकालिने आयोजकले जनाएको छ । झाँकी पश्चात महोत्सवको औपचारिक समुद्घाटन गरिने छ ।

यस महोत्सवको मुख्य उद्देश्य थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु रहेको आयोजकको भनाई छ । सोही अनुरुप महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको साँस्कृतिक कार्यक्रमलाई जोड दिईएको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । उनले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै मिस नेपालद्धारा थारु भेषभुषासहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको जानकारी दिए ।

महोत्सवमा यसवर्ष १५० वटा स्टर रहने छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटो/सेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा बाल उद्यान, मोटर बोटिङको व्यवस्था समेत गरिएको छ ।

यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

पत्रकार सम्मेलमा अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य राजेन्द्र चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, खिचरा महोत्सव अतिथि आमन्त्रण समितिका संयोजक जोखाप्रसाद चौधरी, अनुगमन तथा मूल्यांकन समितिका संयोजक बासुदेव चौधरी, स्टेरिङ कमिटीका सदस्य चन्द्र चौधरीलगायतले महोत्सवको बारेमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>