चितवन विशेष

चितवनमा माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला हुने

Banner

चितवन,पुस २१-

चितवनमा माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने मेला ५ दिनसम्म चल्ने छ । चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताका गरी ८१ वटा स्टल रहने छन् ।

क्यान चितवन शाखाले आज (सोमवार) भरतपुरमा पत्रकार सम्मेलन गरी मेलाका बारेमा जानकारी दिएको हो । क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुषालले देश भित्र नै बसेर सूचना प्रविधिको क्षेत्रमा भविश्य बनाउन चाहाने युवा विद्यार्थीहरुको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उद्धेश्यले मेला आयोजना गरिएको बताए । मेलामा आइ.टी सम्बन्धी अन्र्तक्रिया, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोवोटिक्स प्रर्दशनी, टोल विकास संस्थाका प्रतिनिधीहरुलाई आइटी अवयरनेश कार्यक्रम राखिने छ ।

मेलामा जिल्लामा नै पहिलोपटक ह्याकाथुन आयोजना गरिने अध्यक्ष भुषालले जानकारी दिए । मेला सम्पन्न गर्न ४१ लाख खर्च लाग्ने र ४५ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्यानले जनाएको छ । क्यान चितवनका निवर्तमान अध्यक्ष भानु शर्माले मेलाबाट नाफा भएको रकमबाट विद्यालयहरुलाई कम्प्युटर तथा सूचना प्रविधिका सामाग्रीहरु प्रदान गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>