चितवन विशेष

प्रदेश ३ क्रिकेट टिमलाई जस्मिन पेन्ट्सको साथ

Banner

चितवन, पुस १६–

सुनसरीको इनरुवामा हुन लागेको एकदिवसीय मनमोहन मेमोरियल (एमएम) कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने प्रदेश नं.३ को क्रिकेट टोलीलाई जस्मिन पेन्ट्सले सहयोग गरेको छ ।

चितवनमा रहेको पेन्ट्सले प्रदेश ३ का खेलाडीहरुका लागि ट्राभल जर्सीको रुपमा पोषाक प्रदान गरेको हो । पेन्ट्सका निर्देशक मधुसुदन अर्यालले प्रदेश नं.३ का टोलीका व्यवस्थापक एवंम सहायक प्रशिक्षक अनिल अधिकारीलाई आज सो ट्राभल जर्सी हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै निर्देशक अर्यालले प्रदेश ३ को टोली सेमीफाइनल यात्रा तय गरे सबै खेलाडीलाई ज्याकेट प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले नेपालले क्रिकेटमा गरिरहेको प्रगतिले देशको शिर उचो बनाएकोले क्रिकेटको विकासका लागि जस्मिन पेन्ट्सले सहयोग गरिरहने बताए ।

यस्तै प्रदेश ३ क्रिकेट टोलीका व्यवस्थापक एवंम सहायक प्रशिक्षक अधिकारीले छोटो समयमा जस्मिन पेन्ट्सले गरेको सहयोगले खेलाडीहरुमा उर्जा थपेको बताए । उनले आगामि दिनमा पनि यसैगरि क्रिकेटलाई सहयोग गर्न आग्रह गरे ।

सुवास खकुरेलको कप्तानीमा प्रदेश ३ को टोली घोषणा गरिएको छ । प्रदेश ३ ले पहिलो खेल यही पुस १८ गते खेल्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>