चितवन विशेष

क्यान्सर अस्पताल चितवनमा अत्याधुनिक शल्यक्रिया कक्ष सञ्चालन

Banner

चितवन पुस ११ –

भरतपुर स्थित बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष सञ्चालनमा आएको छ । सरकार र अस्पतालको सयुक्त लगानीमा निर्मित अन्तराष्ट्रिय स्तर मान्यता प्राप्त उपकरण सहितको अत्याधुनिक शल्यक्रिया कक्ष शुक्रबाट बाट सञ्चालनमा आएको हो ।

शल्यक्रिया कक्षमा ८ वटा अप्रेसन कक्ष रहेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले जानकारी दिए । शल्यक्रिया कक्ष सञ्चालनमा आएसंगै बिरामीहरुले अप्रेसन गर्ने पालो लामो समय सम्म कुर्न नपर्ने उनले बताए । उनका अनुसार, यसअघि ४ वटा शल्यक्रिया कक्षबाट मात्र अप्रेसन गर्ने गरिन्थ्यो । अत्याधुनिक उपकरण सहितका सर्जन सामान हुने भएकाले काम गर्न सहज हुने कार्यकारी निर्देशक आचार्यले बताए । कोठाको पर्खाल, बाहिरको आवाज भित्र नछिर्ने गरि अत्याधुनिक तरिकाबाट बनाईएको छ । यसले गर्दा बाहिरको वातावरणलाई संक्रमणबाट जोगाउने उनले बताए ।

शल्यक्रिया कक्ष सञ्चालन गर्नका लागि नेपाल सरकारको १० करोड र अस्पतालको ५ करोड गरी कुल १५ करोडमा निर्माण भएको हो । शुक्रबारबाट अप्रेसन थ्रेयटर, आईसियू, पोष्टवार्ड, रिकभरी वार्ड एउटै तलामा भएका छन् । यस अघिको शल्यक्रिया कक्ष अबका दिनमा सञ्चालन नगर्ने अस्पतालले जानकारी दिएको छ । अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>