चितवन विशेष

चितवनमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

Banner

चितवन, पुस १०–

चितवनमा बसको ठक्करबाट आज (बिहीबार) बिहान साइकल यात्रुको मृत्यु भएको छ ।

विहान ७ बजेको समयमा भरतपुर महानगरपालिका–१ दियालोरोडमा पुलचोकबाट पोखरा बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजा रहेको चितवन प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भिर घाइते भएका प्रजाको उपचारको क्रममा भरतपुर अस्पतालमा विहान ७ः२० बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>