चितवन विशेष

सीजी ल्याण्डमार्कमा क्रिसमसको रमझम (फोटोफिचर)

Banner

चितवन, पुस ९-

चितवनकै ठूलो सपिङ मल सीजी ल्याण्डमार्कमा क्रिस्चियन धर्मावलम्बीहरुले मनाउने क्रिसमस धुमधामका साथ मनाइएको छ ।

सीजी ल्याण्डमार्कमा आज दिनभर सान्टा क्लस पहिरनमा सजिएका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । यस्तै भ्वाइस अफ नेपालमा समेत उत्कृष्ट प्रस्तुती दिएकी ब्रोउड व्याण्डकी रञ्जु राना मगरले सांगीतिक प्रस्तुती दिएकी थिइन् ।

आज सीजी ल्याण्डमार्कमा झण्डै २० हजार मानिस प्रवेश गरेको ल्याण्डमार्कका प्रवन्धक उज्जवल केसीले जानकारी दिए । यस्तै सहभागिहरुलाई विभिन्न सान्टा गिफ्टहरु समेत प्रदान गरिएको थियो ।

सीजी ल्याण्डमार्कलाई निकै आकर्षक ढंगले समेत सिंगारिएको छ । ल्याण्डमार्कमा आकर्षक सजावटका र क्रिसमस ट्री बनाइएको छ । क्रिसमस ट्रीमा तस्विर खिचउान मलमा प्रवेश गर्नेहरुको भीड लागेको थियो ।

यस्तै सीजी ल्याण्डमार्कले नजिकिदै गरेको अँग्रेजी नयाँ वर्षलाई भव्य मनाउने तयारी सुरु गरि सकेको छ । ल्याण्डमार्कका प्रवन्धक केसीले क्रिसमस कार्यक्रमको सफलतासंगै नयाँ वर्षको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>