प्रवास

यूएईमा १७ जनवरीमा थारु समुदायको माघी पर्व मनाइने

Banner

दुबई, पुस ७

थारु कल्याणकारिणी सभा यूएईले विगतका वर्ष झै यस वर्ष पनि माघी पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान’ नाराको साथ यस वर्ष पनि सभाले सो पर्व मनाउन लागेको हो ।

१७ जनवरी शुक्रबारका दिन स्थानीय समयनुसार मध्यान्ह १ बजे देखि कारर्लटन टावर होटल डेइरा दुवईमा कार्यक्रम गरिने भएको छ । कार्यक्रममा अतिथि कलाकार, स्वदेशी तथा विदेशी पाहुनाहरुको आगमनसँगै चर्चित गीतकार, संगीतकार का धरोहरका रुमपा चिनिएका गायक देवकृष्ण विश्वासको प्रस्तुति रहने छ । अनु चौधरीको विशेष प्रस्तुतिमा गायक तथा कार्यक्रम प्रस्तोता केशवराज महतो र गायक निसान चौधरीको बेजोड प्रस्तुति रहने थारु कल्याणकारी सभा यूएईले जनाएको छ ।

माघेसंक्रान्ति (माघी) लाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । माघीमा मौलिक संस्कृति सखिया, झुमरा, लाठी नृत्य प्रदर्शन र रमाइलो गरी मिठा मिठा परिकारहरु खाई यो पर्व मनाउने प्रचलन रहेको छ । थाकस यूएईका उपाध्यक्ष तथा यस कार्यक्रमका संयोजक लालबहादुर चौधरीले कार्यक्रममा यूएई बासी नेपाली दाजु भाइ तथा दिदीबहिनीलाई सोसल मिडियाद्वारा चुल्हे निमन्त्रणासहित कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>