पत्रपत्रीका बिशेष

नेपाललाई चीनको सुझावः सडक पहिले, रेल विस्तारै

Banner

काठमाडौं, पुस ५–

चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेल सेवा निर्माण गर्न सुझाव दिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर आइवे’ बनाउन सुझाव दिएको हो ।
यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

तिब्बत जनसरकार प्रमुख छिटला नेतृत्वको टोलीले सडकमार्फत ल्हासा–केरुङ–काठमाडौँ–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कुटनीतिक स्रोतले बताएको छ । टोलीले अध्यागमन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कुटनीतिज्ञले बताए । क्रस बोर्डर रेलमार्ग निर्माण जटिल भौगोलिक अवस्थाका कारण ढिलाइ र खर्चिलो हुने भएकाले पहिला सडक नाका व्यवस्थित गर्न सुझव दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>