चितवन विशेष

चितवनका डा.भक्तमान श्रेष्ठलाई अपहरण गर्ने योञ्जन ९ वर्षपछि पक्राउ

Banner

चितवन, पुस ४–

९ वर्षअघि चितवनमा भएको एउटा अपहरणको घटनाले देशमा निकै चर्चा पायो । त्यो थियो वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण । अहिले ९ वर्षपछि सोही अपहरणसंलग्न भएको आरोप लागेका गौतम योञ्जन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले योञ्जनलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो। ब्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार योञ्जनलाई २१ माघ ०७५ मा उच्च अदालतले ९ वर्ष जेल र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । योञ्जनलाई फैलसा कार्यान्वयनका लागि बिहीबारै अदालत हाजिर गराइएको पाण्डेले बताए ।

योञ्जनलाई जिल्ला अदालत, चितवनले २३ जेठ २०६९ सालमा सफाइ दिएको थियो । तर, उच्च अदालत, पाटनको हेटौंडा इजलासले जिल्लाको आदेश उल्ट्याउँदै कैद सजाय तोकेको थियो । अहिले त्यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

४ जेठ २०६७ मा भिमसेन पण्डित, रोहित पालिवाल लगायतको समूहले डा. श्रेष्ठको अपहरण गरेको थियो । बन्धक बनाएको १९ दिनपछि भारत, उत्तरप्रदेशको कानपुर नजिकै अपहरणकारीलाई तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि उनी छाडिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>