अन्तर्राष्ट्रिय
नेपालसँगको सीमाबाट गलत तत्वले भारतमा अशान्ति मच्यायोः भारतीय गृहमन्त्री
०

एजेन्सी,पुस ३-
भारतीय गृहमन्त्री अमित शाहले केही गलत तत्वहरुले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको दाबी गरेका छन् । बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा त्यस्तो धारणा राखेका हुन्।
‘भारत र नेपाल तथा भारत र भुटानबीच करिब २४५० किमि लामो खुला सीमाको सुरक्षाको जिम्मा एसएसबीको छ,नेपाल र भुटान भारतको मित्र राष्ट्र हुन्। अरु कुनै खतरा छैन। विश्वभरी नै जसरी अहिले आवागमन सरल भएको छ। दूरीका हिसाबले नजिक भएको छ। तर, यही खुला सीमाबाट भारतमा शान्ति नचाहने तत्व र देशहरुले प्रवेश गर्ने प्रयास गरिरहेका छन्’ समेत उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























